
२५ चैत, काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालस्थित अमेरिकी दूतावासका कार्यवाहक राजदुत स्कट उर्बोमले शिष्टाचार भेट गरेका छन् ।
आज परराष्ट्र मन्त्रालयमा भएको भेटका क्रममा उर्बोमले खनालसँग नयाँ जिम्मेवारी सम्हालेकोमा बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
भेटका अवसरमा नेपाल-अमेरिका द्विपक्षीय सम्बन्धका विभिन्न विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।














