
२४ चैत, काठमाडौं । सरकारले पेट्रोल, डिजेल र मट्टितेल आयातमा लाग्दै आएको भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट प्रदान गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलकाअनुसार उक्त निर्णय नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय पनि भएको छ ।
मूल्यवृद्धिको प्रभाव रोक्न कर छुट दिने निर्णय गरिएको मन्त्री रावलले जानकारी दिएकी छन् ।














