Skip

Hamro Sanchar

ओली र लेखक बिहीबार छुट्लान् ? यस्तो छ सर्वोच्चको परमादेश

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, २३ गते


२३ चैत, काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई २६ चैतमा हिरासतमुक्त गर्न परमादेश दिएको छ ।

जिल्ला अदालत काठमाडौंबाट थपिएको पाँच दिनको म्याद समाप्त भएपछि २६ चैतमा हिरासतमुक्त गर्न परमादेश दिइएको हो ।

सोमबार न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरेको छ । तर परमादेश जारी गर्दै अब म्याद नथप्न भनेको हो ।

उनीहरूलाई २३–२४ भदौको जेन-जी आन्दोलनमा दमन गरेको आरोपमा १४ चैतमा प्रहरीले नियन्त्रणमा लिएको थियो ।


प्रतिकृया दिनुहोस्