Skip

Hamro Sanchar

डा. नारायण कँडेल महान्यायाधिवक्तामा नियुक्त

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, २२ गते


२२ चैत, काठमाडौं । सरकारले डा. नारायणदत्त कँडेललाई महान्यायाधिवक्तामा नियुक्त गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सरकारको कानुनी सल्लाहकार बनाउन सिफारिस गरेको थियो ।

सोही अनुसार उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका हुन् ।

महान्यायाधिवक्ता सरकारको कानुनी सल्लाहकार रहनुका साथै फौजदारी मुद्दाको अभियोजन गर्ने सरकारी वकिलहरूको नेतृत्व गठन, सरकारवादी हुने सबै मुद्दाको बहस पैरवीको नेतृत्व गर्छन् ।

कँडेल रास्वपा सभापति रवि लामिछानेको मुद्दामा कानुनी सल्लाहकारको रूपमा काम गरेका व्यक्ति पनि हुन् ।

उनी पत्रकार महासंघ (बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ) धौलागिरी शाखाको सभापति पनि निए । विसं २०५८ देखि २०६० सम्म धौलागिरी शाखाको सभापति पनि थिए ।


प्रतिकृया दिनुहोस्