Skip

Hamro Sanchar

अब शैक्षिक सत्र वैशाख १५ गते सुरु गर्ने सरकारको निर्णय

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, २२ गते


Advertisement

२२ चैत काठमाडौं । सरकारले आगामी शैक्षिक सत्र वैशाख १५ गते सुरु गर्ने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले शैक्षिक सत्र १३ दिन ढिला गर्ने निर्णय गरेको हो।

यसअघि वैशाख २ मा नयाँ शैक्षिक सत्रको सुरुवात हुने गरेको थियो।

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले आगामी शैक्षिक सत्र अब वैशाख १५ मा सुरु गर्ने निर्णय गरिएको जानकारी दिएका हुन्।

यस्तै अबदेखि शैक्षिक संस्थामा सातामा शनिबार र आइतबार २ दिन बिदा दिने निर्णय पनि सरकारले गरेको छ।


प्रतिकृया दिनुहोस्