Skip

Hamro Sanchar

हप्तामा २ दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, २२ गते


काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको कम आपूर्तिबाट समस्या हुन नदिन सरकारी कार्यालय सातामा दुई दिन बिदा दिने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकबाट शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।

सरकारी कार्यालय र सम्पूर्ण शैक्षिक संस्थामा सोमबार ९चैत २३०देखि नै बिदा दिने निर्णय गरिएको सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

शैक्षिक संस्थाबाहेकका कार्यालय समय अब बिहान ९ देखि बेलुका ५ बजेसम्म कायम गर्ने निर्णय समेत गरिएको उनले बताए ।


प्रतिकृया दिनुहोस्