
काठमाडौं । दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका छन् ।
शुक्रवार राति शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ परेकोमा आज सम्पत्ति शुद्धीकरण मुद्दामा उनका छोरा सुलभ अग्रवाल पक्राउ परेका हुन् ।
शंकर ग्रुप अन्तर्गत जगदम्बा होल्डिङ्सका अध्यक्षसमेत रहेका अग्रवाललाई सम्पत्ति शुद्धीकरण विभागले आज बिहान नियन्त्रणमा लिएको हो ।
सोही परिवारका अर्का सदस्य शाहिल अग्रवाल पनि अनुसन्धानमा तानिएको बताइएको छ ।














