Skip
आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

शैक्षिक सत्र सुरु भएपछि मात्र विद्यार्थी भर्ना गर्न सर्वोच्चको आदेश

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, २० गते


Advertisement

२० चैत, काठमाडौं । सर्वोच्च अदालतले शैक्षिक सत्र सुरु नहुँदै विद्यार्थी भर्ना नगर्न सरकार तथा सम्बन्धित निकायका नाममा अन्तरिम आदेश जारी गरेको छ।

विभिन्न विद्यालयहरूले शैक्षिक सत्र सुरु हुनु अघि नै प्रवेश परीक्षा र प्रतिस्पर्धात्मक प्रक्रियाका नाममा भर्ना प्रक्रिया अघि बढाएको भन्दै दायर गरिएको रिट निवेदनमाथि सुनुवाइ गर्दै अदालतले यस्तो आदेश दिएको हो।

अदालतले शिक्षा नियमावली विपरीत हुने कुनै पनि गतिविधि नगर्न स्पष्ट निर्देशन दिँदै शैक्षिक सत्र सुरु भएपछि मात्र विद्यार्थी भर्ना गर्नुपर्ने उल्लेख गरेको छ। रिटमा कतिपय विद्यालयहरूले समयअघि नै भर्ना प्रक्रिया सुरु गरेर विद्यार्थी र अभिभावकमाथि अनावश्यक दबाब सिर्जना गरेको दाबी गरिएको थियो।

यस आदेशसँगै अब विद्यालयहरूले निर्धारित समयभन्दा अघि भर्ना प्रक्रिया सञ्चालन गर्न नपाउने भएका छन् भने शैक्षिक प्रणालीलाई व्यवस्थित बनाउन अदालतको हस्तक्षेप महत्वपूर्ण मानिएको छ।


प्रतिकृया दिनुहोस्