Skip

Hamro Sanchar

नागरिकको सास्ती हट्यो, एकै दिनमा श्रम स्वीकृति सुरु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, २० गते


२० चैत, काठमाडौं । वैदेशिक रोजगार विभागले एकै दिनमा श्रम स्वीकृति सुरु भएको बताएको छ ।

आज पत्रकार सम्मेलन गर्दै विभागकी महानिर्देशक मिरा आचार्यले टोकन प्रणाली खारेज गर्दै एकै दिनमा श्रम स्वीकृति कार्यान्वयनमा आएको बताइन् ।

वर्तमान सरकार गठनपछि वैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउन श्रमिकको हकहित संरक्षणका लागि विभागले सरकारको निर्देशन कार्यान्वयन गरेको छ,उनले भनिन् ।

विभागले श्रमिकलाई अन्तर्वार्ताको फारम अंग्रेजी र नेपाली दुबैमा अनिवार्य भराउन सूचीकृत म्यानपावरलाई निर्देशन दिएको छ ।

श्रमिकको अभिमुखीकरणमा सात सय भन्दा बढी शुल्क लिएमा तालिम केन्द्रको इजाजत खारेज गर्ने चेतावनी विभागले दिएको छ ।


प्रतिकृया दिनुहोस्