Skip

Hamro Sanchar

संसदमा रविको सम्बोधन : हामीले सिंहदरबार बदल्न सुरु गरिसक्यौं

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, १९ गते


१९ चैत, काठमाडौं । रास्ट्रिय स्वतन्त्र पार्टी रास्वापा सभापति रवि लामिछानेले आफ्नो पार्टीलाई जनताले सिंहदरबार चलाउन मात्रै नभइ बदल्ने जिम्मेवारी दिएको बताएका छन् ।

साथै, उनले आफूहरूले बदल्न सुरु गरिसकेको पनि बताए ।

‘हामीलाई सिंहदरबार चलाउन होइन, सिंहदरबार बदल्न दिएको हो । हामीले बदल्न सुरु गरिसकेका छौं,’ लामिछानेले भने ।

साथै, उनले जनतालाई आभार मात्रै प्रकट नगर्ने भन्दै मतादेशको गुन जिम्मेवारी पूरा गरेर गर्ने बताएका छन् ।

‘म जनतालाई आभार मात्रै प्रकट गर्दिनँ । यो रोष्ट्रमबाट प्रतिज्ञा गर्छु । यो मतादेशको गुन हामी जिम्मेवारी पूरा गरेर तिर्छौं,’ लामिछानेले भने ।


प्रतिकृया दिनुहोस्