
काठमाडौँ । बालेन सरकारले तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानविन प्रक्रिया अगाडी बढाएको छ ।
पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)को सम्पत्ति छानबिनको प्रक्रिया अघि बढेको हो ।
सम्पत्ति शुद्धीकरण विभागले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई पत्राचार गरेपछि सीआईबीले अनुसन्धान प्रक्रिया अघि बढाएको हो ।
विभागकै पत्राचारअनुसार आज कांग्रेस नेता तथा पूर्वउर्जा मन्त्री दीपक खड्का समेत पक्राउ परेका छन् ।
‘विभागको पत्रअनुसार दीपक खड्कालाई सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि पक्राउ गरेका सीआईबीका एआईजी डा मनोज केसीले जानकारी दिएका छन् र
गृह स्रोतका अनुसार विभागको पत्राचारअनुसार सीआईबीले तीन पूर्वप्रधानमन्त्रीहरूको सम्पत्तिबारे अनुसन्धान अघि बढाएको छ ।
यसअघि जेनजी आन्दोलन हुँदा शेरबहादुर देउवाको घरमा पैसा भेटिएको विषय सार्वजनिक भएको थियो ।
त्यसपछि विभागले देउवा निवासमा पुगेर मुचुल्का समेत उठाएको थियो । प्रचण्डपुत्री गंगाको निवास र ओली निवासको समेत घटनास्थल मुचुल्का उठाएर अनुसन्धान अघि बढाएको थियो ।
अहिले त्यही अनुसन्धानलाई थप तिव्रता दिइएको हो । विभागले पत्राचारपछि अहिले यसको अनुसन्धान सीआईबीले अघि बढाएको छ ।













