Skip

Hamro Sanchar

ओली र लेखक पक्राउपछि गृहमन्त्री सुधन गुरुङ : प्रतिज्ञा भनेको प्रतिज्ञा हो, यो कसैप्रति प्रतिशोध होइन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, १४ गते


काठमाडौं । गृहमन्त्री सुधन गुरुङले कानुनभन्दामाथि कोही नहुने बताएका छन्।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि गृहमन्त्री यस्तो बताएका हुन्।

गुरुङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रतिज्ञा भनेको प्रतिज्ञा हो, कानुनभन्दा माथि कोही छैन। पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ। यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो। मलाई विश्वास छ, अब देशले नयाँ दिशा लिनेछ।’

उनले एकघण्टामा फेसबुकमा तीन वटा पोस्ट गरेका छन्।


प्रतिकृया दिनुहोस्