
काठमाडौं । सांसदको शपथ लिएलगत्तै प्रस्तावित प्रधानमन्त्री बालेन शाहले सर्वोच्च अदालत पुगेर मुद्दाको तारेख लिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता समेत रहेका शाहले आफूविरुद्ध दायर अदालतको अवहेलना सम्बन्धी मुद्दाको तारेख लिएका हुन् ।
तीन वर्षदेखि शाह विरुद्ध सर्वोच्च अदालतमा अवहेलनाको मुद्दा चलिरहेको छ ।
उच्च अदालत पाटनले तीन वर्षअघि सिनेमा हलहरूमा हिन्दी सिनेमा नरोक्न अन्तरिम आदेश दिएको थियो ।
त्यो आदेशलगत्तै मेयर शाहले सामाजिक सञ्जालमा लेखेको विषयलाई लिएर अधिवक्ता वर्षा झाले सर्वोच्च अदालतमा अवहेलनाको निवेदन दिएकी थिइन् ।
तेहि मुद्दाको तारेखका क्रममा शाह सर्वोच्च अदालत पुगेर मुद्दाको तारेख लिएका हुन् । अब उनको मुद्दा १४ जेठका लागि तारेख तोकिएको छ ।














