Skip

Hamro Sanchar

भविष्य कसैले देखेको छैन, जे आइपर्छ त्यही गर्ने हो : महावीर पुन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, १२ गते


काठमाडौं । प्रतिनिधिसभा सदस्यमा निर्वाचित एक मात्र स्वतन्त्र उमेदवार महावीर पुनले जिन्दगीमा जे आइपर्छ त्यही गर्ने बताएका छन् ।

सांसदको रुपमा शपथ ग्रहण गर्न सिंहदरबार पुगेका पुनले भने, “मेरो तरिका के छ भने जिन्दगीमा जे आइपर्छ त्यही गर्ने । कहीँ पछि नहट्ने । भविष्यको कुरा कसैलाई थाहा हुँदैन । भगवानलाई मात्रै थाहा हुन्छ होला । त्यसैले म यसो गर्छु यसो गर्छु, मेरो भूमिका यो हुनेछ भन्ने कुरा चाँहि हुँदैन ।”


प्रतिकृया दिनुहोस्