Skip

Hamro Sanchar

कार्कीआयोगको प्रतिवेदनप्रति बारको असहमति, आकस्मिक बैठक बोलाइयो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, १२ गते


काठमाडौं । नेपाल बार एसोसिएसनले गत भदौ २३ र २४  घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ को प्रतिवेदनप्रति असहमति जनाएको छ ।

बारले आफ्नो क्षेत्राधिकार बाहिर गएर आपत्तिजनक तवरमा न्यायालयका विषय प्रतिवेदनमा उल्लेख गरेको भन्दै आज साढे १ बजे सल्लाहकार समिति बैठक पनि बोलाएको छ ।

बारका महासचिवमा केदारप्रसाद कोईरालाले भने, न्यायालय र कानुन व्यवसायप्रति समाजमा नकारात्मक असर पुग्ने गरी प्रतिवेदन आएको छ, यसमा हाम्रो असहमति छ । यसबारे कानुन व्यवसायीबीच गम्भीर छलफल हुनेछ ।

न्याय सुलभ पार्न वकिलको ‘फि’लगायत विकृति र विसङ्गति फाँड्ने तथा न्यायलाई वकिलको स्वर्ग हुनबाट बचाउनु पर्नेलगायतका विषय प्रतिवेदनमा उल्लेख छ ।

सर्वसाधारणको न्यायमा पहुँच नहुनु, नेपाली नागरिकले सुलभ तरिकाले न्याय पाउन सक्ने स्थिति छैन भनिन्छ । पहुँच र पैसा नहुनेका लागि न्याय धेरै टाढाको विषय भएको छ । पक्षको तर्फबाट वहस गर्नुपर्ने वकिल त यति खर्चिला छन् की साधारण निवेदन लेखिदिएको मात्र पनि हजारौँ असूल गर्दछन्, प्रतिवेदनमा भनिएको छ ।


प्रतिकृया दिनुहोस्