Skip

Hamro Sanchar

रास्वपाले आज बालेन शाहलाई संसदीय दलको नेता छान्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, १२ गते


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्दीय समितिको बैठक आज बस्दै छ । आज अपरान्ह ४ बजेका लागि बोलाइएको बैठकले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता छान्ने भएको छ ।

प्रवक्ता मनिष झाका अनुसार केन्द्रिय कार्यालय चस्मतिमा बस्ने बेठकमा संसदिय दलको नेता चयन गर्नेबारे छलफल गर्ने कार्यसुचि रहेको छ ।

रास्वपाले चुनाव आगाडी नै बालेन शहलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा प्रस्ताव गरेको थियो । आजै नवनिर्वाचित सांसदहरुको सपथ कार्यक्रम समेत रहेको छ । सपथ लगत्तै बैठक बस्ने प्रवक्ता झाले जानकारी दिए ।


प्रतिकृया दिनुहोस्