
काठमाडौं । काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन्द्र शाहले जेनजी आन्दोलनका क्रममा भदौ २३ गते ‘ आतंकवादी‘ शैलीमा सरकारले अध्यधिक बल प्रयोग गरेरका कारण २४ गतेको घटना भएको बयान दिएका छन् ।
उनले उक्त घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकार र सरकार सहभागी दलले लिनुपर्ने उल्लेख गरेका छन् ।
गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनमा बालेन गरेको बयानमा उनले राष्ट्रपति र सेनापतिको आग्रहमा घटना शान्त पार्न भूमिका खेलेको उल्लेख गरेका छन् ।
‘२४ गतेको घटना दुखद थियो र २३ गते सरकारको अत्याधिक बल प्रयोग र आतंकवादी शैलीको नतिजा हुनसक्छ । २४ गते कामनपाले समयमै दमकल पठाएको थियो र महानगरभित्रका संरचना महानगरकै दमकलले नियन्त्रण गरेको हो‘, बालेनको बायनमा छ,’सम्माननीय राष्ट्रपति र सेनापतिको आग्रहमा मेरो आन्दोलनलाई शान्त पार्ने भूमिका रहेको थियो । तत्कालीन सरकारले अपराध र आतंकवादी क्रियाकलाप गरेको हो र सम्पूर्ण क्षतिको जिम्मा तत्कालीन सरकार र सहभागी दलले लिनुपर्छ ।














