
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भदौ २४ गतेको जेनजी आन्दोलनमा नक्खु कारागारले पत्र तयार नपार्दै भीडले आफूलाई कारागारबाहिर निकालेको बताएका छन् ।
भदौ २३ र २४ को जेनजी आन्दोलनका सम्बन्धमा छानबिन गर्न गठित गौरिबहादुर कार्की नेतृत्वको आयोगलाई लामिछानेले उक्त बयान दिएका हुन् ।
कार्की नेतृत्वको आयोगले सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक भएको छैन । जनआस्थाको सौजन्यमा प्राप्त प्रतिवेदनमा रविले आफ्नो बयानमा अदालतको आदेशबिना आफू जेलबाट निस्कन अस्वीकार गरेको उल्लेख गरेका छन ।














