Skip

Hamro Sanchar

कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १८ सम्म हुने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, ११ गते


काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आगामी असोज १६ देखि १८ गतेसम्मका लागि तय भएको छ।

बुधबारको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले १५औँ महाधिवेशन २०८३ असोज १६, १७ र १८ गते गर्ने निर्णय गरेको हो। मंगलबारको बैठकमा सभापति गगन थापाले आगामी भदौ २४-२६ गतेका नियमित महाधिवेशनको कार्यतालिका पेस गरेका थिए।

असोज १६ देखि १८गते १५औँ महाधिवेशन गर्ने गरी कार्यतालिका संशोधनसहित केन्द्रीय समिति पारित गरेको केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले बताए ।


प्रतिकृया दिनुहोस्