
काठमाडौं । २१ फागुनको प्रतिनिधिसभा निर्वाचनमा सानदार जित हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपालाई अमेरिकाले बधाई दिएको छ ।
आज रास्वपा सभापति रवि लामिछानेलाई फोन गरेर नेपालमा अब बन्ने नयाँ सरकारसँग सहकार्य गर्न आफू तत्पर रहेको पनि उल्लेख गरेको छ।
नेपालस्थित अमेरिकी दूतावासका अनुसार दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ गोरले आज लामिछानेलाई फोन गरेर बधाई दिएका हुन्।
त्यस क्रममा उनले भने, ‘अमेरिका नेपालको नयाँ सरकारसँग सहकार्य गर्दै आर्थिक साझेदारी सुदृढीकरण गर्न र दुई देशबिचको मित्रतालाई अझ प्रगाढ बनाउन उत्सुक छ।’
गत फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा १८२ सिट जितेको रास्वपाले केही दिनमा एकल सरकार गठनको तयारी गरेको छ । साथै बालेनसाहलाई संसदिय दलको नेता बनाउनका लागि आज बैठक बस्दैछ ।














