
काठमाडौं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहबीच केसीले शपथ लिएका हुन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराए ।
प्रतिनिधिसभाका अन्य नवनिर्वाचित सदस्यको शपथ यही चैत १२ गते बिहीबारका लागि तोकिएको छ ।
ज्येष्ठ सदस्य केसीले नै सांसदहरूलाई शपथ गराउने छन् । नयाँ सभामुख चयन नहुँदासम्म केसीले नै संसद् बैठक सञ्चालन गर्नेछन् ।














