Skip

Hamro Sanchar

कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, ११ गते


काठमाडौं । कीर्तिपुरमा मृत फेला परेका कागमा बर्डफ्लु पुष्टि भएको छ ।

कीर्तिपुर नगरपालिका तथा पशु स्वास्थ्य विभागको संयुक्त टोलीले त्रिभुवन विश्वविद्यालय परिसरमा ६८ काग मृत फेला पारेको थियो ।

ती मध्ये १० वटामा परीक्षण गर्दा बर्डफ्लु भेटिएको हो । त्यहाँ अझै मरेका काग भेटिएका छन् । मरेका सबै काग संकलन गर्न कसिएको छैन, नगरपालिकाकी पशुसेवा प्रमुख सुशीला गैरेले बताइन् ।

मरेका कागमा एचफाइभ एन वान र एच नाइन दुवै भाइरस देखिएको पशुसेवा विभागका वरिष्ठ पशु चिकित्सक मुकुल उपाध्यायले बताए ।

नगरपालिकाले मरेका ६८ कागलाई पुरेको छ । कागमा बर्डफ्लु पुष्टिपछि कुखुरा तथा दाना ओसारपसार नगर्न नगरपालिकाले सार्वजनिक सूचना समेत जारी गरेको छ ।


प्रतिकृया दिनुहोस्