Skip

Hamro Sanchar

सर्वोच्चको फैसला नआई कांग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, १० गते


काठमाडौं । पूर्वसभापति शेरबहादुर देउवा पक्षले अदालतमा विचाराधीन पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई कांग्रेसको नियमित महाधिवेशन गर्न नहुने बताएको छ ।

विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रिय कार्य समितिले नियमित महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेकै दिन मंगलवार देउवा पक्षका नेता श्यामकुमार घिमिरेले पार्टीको आधिकारिता सम्बन्धि सर्वोच्च अदालतमा विचाराधिन मुद्दाको फैसला नभई नियमित महाधिवेशनमा जाने पक्षमा आफूहरु नरहेको प्रतिक्रिया दिएका हुन्।

नेपाली कांग्रेसका निवर्तमान सांसद समेत रहेका घिमिरेले अदालतको फैसलापछि जुन पक्षले आधिकारिता पाएपनि नियमित महाधिवेशन सम्पन्न गरेर अघि बढनुपर्ने जिकिर गरे ।

उनले कांग्रेसका दुवै पक्ष एक भएर अघि बढ्नुको विकल्प नरहेको समेत बताए । नेता घिमिरेले नेपाली कांग्रेसका आधिकारिता सम्बन्धि मुद्दामा छिटो फैसला गर्न पनि सर्वोच्च अदालतलाई दवाव दिए ।

नेता घिमिरेले सर्वोच्च अदालतले जनतामाथिको विश्वास आर्जन गर्न पनि सो मुद्दाको फैसला तत्काल गर्न गरेर अघि बढ्नुको विकल्प नरहेको समेत बताए ।

उनले देउवालाई बेवास्ता गरेर जाँदा निर्वाचनमा नेपाली काँग्रेसले लज्जास्पद हार व्यहोर्नुपरेको आरोप समेत लगाए ।


प्रतिकृया दिनुहोस्