Skip

Hamro Sanchar

सागर ढकाललको चुनावि खर्च १९ लाख १८ हजार रुपैयाँ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, ९ गते


काठमाडौँ । गुल्मी क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सागर ढकालले आफ्नो चुनावी अभियानको सम्पूर्ण आर्थिक विवरण सार्वजनिक गरेका छन्।

निर्वाचनका क्रममा प्राप्त भएको सहयोग र भएको खर्चको पारदर्शिता कायम गर्दै ढकालले सामाजिक सञ्जालमार्फत पूर्ण विवरण बाहिर ल्याएका हुन्।

ढकालले सार्वजनिक गरेको विवरण अनुसार उनको चुनावी अभियानमा जम्मा २२ लाख १ हजार ४ सय रुपैयाँ सहयोग प्राप्त भएको थियो। चुनावी प्रचारप्रसार र विभिन्न अभियानका क्रममा १९ लाख १८ हजार १८२ रुपैयाँ खर्च भएको उनले उल्लेख गरेका छन्।

चुनावी खर्च कटाएर बाँकी रहेको २ लाख ८३ हजार २१८ रुपैयाँ बचत भएको ढकालले जानकारी दिएका छन्। चुनावी अभियानमा संकलन भई खर्च गरेर बाँकी रहेको उक्त बचत रकमलाई ढकालले व्यक्तिगत प्रयोजनमा नलगाई गुल्मीको विकास र देशको उन्नतिका लागि प्रयोग गर्ने घोषणा गरेका छन्।

उनले यो रकम विभिन्न सामाजिक तथा रचनात्मक कार्यहरूमा खर्च गरिने स्पष्ट पारेका छन्। मतदाताको अमूल्य मत र आर्थिक सहयोगको उच्च कदर गर्दै उनले आफूलाई सधैँ जनताको सेवकका रूपमा उभ्याउने प्रतिवद्धता समेत दोहोर्‍याएका छन् ।


प्रतिकृया दिनुहोस्