
काठमाडौं । पाल्पामा भएको ट्रिपर दुर्घटनामा परि ४ जनाको मृत्यु भएको छ । शनिबार बेलुका भएको उक्त दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।
पाल्पाको झडेवाबाट रहबास चुनढुंगा खानीतर्फ जाँदै गरेको लु २ ख ४५२५ नम्बरको खालि ट्रिपर शनिवार साँझ ६ बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
माथागढी गाँउपालिका वडा नम्बर ७ रहबाट स्थित झडेवा रहवास भीत्री कच्ची सडक खण्डमा भएको दुर्घटनामा परि चालक सहित ४ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक होम प्रकाश चौधरीका अनुसार दुर्घटनामा परी टिपर चालक अर्घाखाँची सितगंगा नगरपालिका वडा नम्बर ४ सिद्दाराका २६ वर्षीय चिन्ता बहादुर सुनार, २६ वर्षीय सुनिल विक, रूपन्देहीको देवदह नगरपालिका वडा नम्बर २ खैरेनी बस्ने अन्दाजी २६ सुनिल नेपाली र पाल्पा तानसेन नगरपालिका वडा नम्बर १० पटुवा बस्ने ३३ वर्षीय राजन चिदी रहेका छन् ।














