Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सुरेन्द्र पाण्डेका चेतावनी : कार्यशैलि नसुधारे अर्को चुनावमा एमाले स्कुटरमा अटाउँछ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, ७ गते


Advertisement

काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले कार्यशैलि परिवर्तन नगरे अर्को चुनावमा एमाले स्कुटरमा अटाउने टिप्पणी गरेका छन् ।

बुटवल पुगेर नेता पाण्डेले समग्र चुनावी समिक्षा गरेर कार्यशैलि परिवर्तन गरि अघि बढ्नुको बिकल्प नभएको बताएका हुन् । नेता पाण्डेले कमजोरी प्रति निर्मम बन्नुपर्ने जिकिर गरेका छन् ।

उनले भने उनले भने, ‘हामीले झन्डै १७४ सीट जित्दा दिग्विजय गर्‍यौँ भन्ने थियो नि। जोगाउन सकेनौँ। एमाले (कम्युनिस्ट)हरू पहिला ३र४ वटा बसमा आउँथे। ७८ हुँदा एउटा बसमा आयो, अहिले माइक्रो बस भयो, अब अर्को चोटि स्कुटरमा आउँछ। यदि हामीले ठिक बाटो लिएनौँ भने त त्यही होला। त्यसैले हामी जोखिम अवस्थामा छौँ। तर सङ्कल्प गरेर अगाडि बढ्नुपर्छ, सबै कार्यशैली परिवर्तन गर्नुपर्छ।


प्रतिकृया दिनुहोस्