Skip

Hamro Sanchar

बाढीका कारण अबरुद्ध बीपी राजमागर्मा चल्न थाले सवारीसाधन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, ७ गते


काठमाडौं । शुक्रबार भएको वर्षाको कारण रोशी खोलामा बाढी आउँदा अवरुद्ध बीपी राजमार्गमा सवारीसाधन चल्न थालेका छन्।

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाअन्तर्गत चारसयबेसी, गिम्दी, बाउन्ने र कालढुंगा क्षेत्रमा आज बिहान ३:३० बजेतिर खोलाको बाढी सडकमा पसेपछि यातायात पूर्ण रूपमा ठप्प भएको थियो।

तर खोलाको बहाव घटेपछि सडकमा सामान्य मर्मत गरी हलुका र दुईपांग्रे सवारीसाधन सञ्चालन गराइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ।

यद्यपि सडक पूर्ण रूपमा सुरक्षित नभएकाले यात्रु तथा चालकलाई सावधानी अपनाएर यात्रा गर्न आग्रह गरिएको छ। सडक मर्मत जारी छ ।


प्रतिकृया दिनुहोस्