Skip

Hamro Sanchar

प्रधानमन्त्रीका सल्लाहकारद्वय खनाल र तिमिल्सिनाले दिए राजीनामा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ चैत्र, ६ गते


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयका २ सदस्यले राजीनामा दिएका छन् ।

बालुवाटार स्रोतका अनुसार नयाँ सरकार गठनको गृहकार्य भइरहेका बेला प्रधानमन्त्री कार्कीका मुख्य सल्लाहकार अजयभद्र खनाल र जनसम्पर्क सल्लाहकार गोविन्दनारायाण तिमिल्सिनाले राजीनामा दिएका हुन् ।

‘खनाल र तिमिल्सिनाले केही दिन अघि नै राजीनामा दिइसक्नुभएको छ’, बालुवाटार स्रोतले भन्यो, ‘सकरारको कार्यकाल सकिन लागेकाले दिएको हुनुपर्छ ।’तिमिल्सिना निकटस्थ स्रोतले उनले चैत २ गते राजीनामा दिएको बतायो ।


प्रतिकृया दिनुहोस्