
म्याग्दी । म्याग्दीमा १०१ वर्षीय रि बहादुर छन्त्यालले मतदान गरेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार (फागुन २१)उनले मतदान गरेका हुन् ।
मालिका गाउँपालिका–८, छन्त्यालले रितुङ माविस्थित मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
म्याग्दीमा शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान कार्य सुरु भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।













