Skip

Hamro Sanchar

रास्वपा सर्लाही ३ का उम्मेदवार नरेन्द्र साह कलवार पनि कालो सूचीमा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, २० गते


काठमाडौँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सर्लाही–३ मा उम्मेदवार बनाएका नरेन्द्र साह कलवार कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको पाइएको छ।

०७९ को निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेर निकटम प्रतिस्पर्धी बनेका साह यसपटकको निर्वाचनमा उम्मेदवारी मनोनयनको अघिल्लो दिन रास्वपामा प्रवेश गरेका थिए।

पार्टी प्रवेश गर्नासाथ उनलाई रास्वपाले उम्मेदवार बनाएको थियो।

कालोसूचीमा रहेका धनुषा क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार किशोरी साहको उम्मेदवारी निर्वाचन आयोगले मंगलबार खारेज गरेको थियो।

धनुषा(१ ) का रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज कर्जा सूचना केन्द्रको विवरण अनुसार कलवारलाई पछिल्लोपटक २०८१ मंसिर ५ गते केन्द्रले कालोसूचीमा राखेको छ। जुन अद्यावधिक कायम छ। उनको नाम कर्जा सूचना केन्द्रको कालोसूचीको ८९६३५ नम्बरमा छ।

सर्लाहीका सहायक सीडीओ होमप्रसाद घिमिरेले कलवार कर्जा सूचना केन्द्रको कालो सूचीमा रहे नरहेको विषयमा अनुसन्धान भइरहेको बताए।

 

 

 


प्रतिकृया दिनुहोस्