
काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका वडा नम्बर २ तीनघरे क्षेत्रमा फेला परेको शंकास्पद वस्तु नष्ट गरिएको प्रहरीले जनाएको छ ।
आज बिहान करिब ६:१५ बजे शोभा अधिकारी रेग्मीको घरको गेट अगाडि रातो कपडा बेरेको शंकास्पद वस्तु फेला परेको थियो । स्थानीयले शंकास्पद वस्तु देखेपछि सुरक्षाकर्मीलाई जानकारी गराएका थिए ।
सो वस्तुलाई आज बिहान ८;५० बजेको समयमा नस्ट गरिएको हो । सो क्रममा ४ लिटरको रङ्गको बाल्टिनमा बालुवा, तार र प्लास्टिक फेला परेको प्रहरीले जनाएको छ













