Skip

Hamro Sanchar

सुकेधारा र नैकापमा गाडीमा आगजनी, घटनास्थलमा दुर्गा प्रसाईं समूहको पर्चा फेला

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, १९ गते


काठमाडौं । काठमाडौँका अलग-अलग स्थानमा दुईवटा गाडीमा आगजनी गरिएको छ।

काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईका अनुसार सुकेधारा र नैकापमा गाडीमा आगो लगाइएको हो।

‘सुकेधारामा बा ७ च १४०१ नम्बरको मारुती भ्यान र नैकापमा बीएए २८३६ नम्बरको गाडीमा आगजनी गरिएको पाइएको छ’, एसपी भट्टराईले नेपालखबरसँग भने।

उनका अनुसार आज बिहान ३ बजे आसपास गाडीमा आगजनी गरिएको हो।

तर यस विषयमा अहिलेसम्म कोही पनि सवारीधनी प्रहरीको सम्पर्कमा नआएको एसपी भट्टराईले बताए।

‘घटनास्थलमा दुर्गा प्रसाईंको समूहको पर्चा भेटिएको छ,’ उनले भने, ‘हामी घटनाबारे अनुसन्धान गरिरहेका छौँ’, उनले भने।

प्रसाईं भने निर्वाचन बिथोल्ने अभिव्यक्ति दिएको आरोपमा गत आइतबारदेखि भक्तपुर प्रहरीको हिरासतमा छन्।

उनलाई फागुन २२ गतेसम्म हिरासतमा राखिने प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस्