Skip

Hamro Sanchar

रामेछाप दुर्घटना : मतदात अधिकृतको पनि मृत्यु, ७ जनालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइयो (अपडेट)

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, १८ गते


काठमाडौं । रामेछाप नगरपालिका–२ स्थित सिरुबारीमा गाडी दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या २ पुगेको छ ।

सोमबार मतदान सामग्री र निर्वाचन कर्मचारी लिएर रामेछापको रामेछाप नगरपालिका(२ देउरालीतर्फ जाँदै गरेको ना ७ ख ६७६८ नम्बरको गाडी दुर्घटनामा परेको थियो । दुर्घटनामा प्रहरीका असई पर्शुराम यादवको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार दुर्घटनामा घाइते मतदान अधिकृत अधिकृत डोरप्रसाद घिमिरे पनि मृत्यु भएको छ । उनको मन्थली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घिमिरेलाई रामेछाप(२ को वडा कार्यालय भवन, साँघुटार ९ख० मतदान केन्द्रमा मतदान अधिकृतको रुपमा खटाइएको थियो ।

उनी रामेछाप नगरपालिका(३ स्थित साँघुटारस्थित रुद्राक्षश्वर माध्यामिक विद्यालयका शिक्षक हुन् । प्रमुख जिल्ला अधिकारी थापाका अनुसार घाइते ७ जनालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ ।

गाडीमा निर्वाचनका कर्मचारी र निर्वाचन सामग्रीहरू थिए ।

यी हुन् घाइतेहरू

भीमबहादुर मानन्धर शिक्षक
सम्बर बहादुर मानन्धर ड्राइभर
कृष्णप्रसाद घिमिरे शिक्षक
दुर्गा कार्की
सविना खड्का
केदार कुमार रोका
पूजादेवी सुनुवार


प्रतिकृया दिनुहोस्