
काठमाडौँ । नेपाली कांग्रेसले चुनावी अभियानका क्रममा अन्य पार्टीबाट ५ हजार ८५३ नेता कार्यकर्ता पार्टी प्रवेश गरेको बताएको छ ।
सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी प्रवक्ता देवराज चालिसेले यसअघि पार्टी छोडेका अधिकांश नेता कार्यकर्ता पनि घर फर्किएको जानकारी दिएका हुन् ।
‘नेपाली कांग्रेसमा अन्य पार्टीका ५ हजार ८५३ नेता कार्यकर्ता अरू पार्टीका नेता पार्टी प्रवेश गर्नुभएको छ,’ प्रवक्ता चालिसेले भने, ‘यसअघि पार्टी छोड्नु भएका नेता कार्यकर्ता घर फर्क अभियान अन्तर्गत अधिकांश फर्किसक्नुभएको छ ।’
प्रवक्ता चालिसेले निर्वाचनको निष्पक्षताका विषयमा सरकारको कामलाई गहिरो रूपमा कांग्रेसले अध्ययन गरिरहेको जानकारी दिए । उनले निर्वाचनलाई प्रभाव पार्ने कार्यप्रति कांग्रेस सचेत रहेको पनि बताए ।











