Skip

Hamro Sanchar

त्रिभुवन विमानस्थलबाट हुने मध्यपूर्वका अन्तर्राष्ट्रिय विमानस्थलको उडान रद्द

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, १६ गते


काठमाडौं । मध्यपूर्वको हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यो क्षेत्रका अन्तर्राष्ट्रिय विमानस्थलमा हुँदै आएका उडान रद्द भएका छन्।

सारजहा, दोहा, दुबई, कुबेत सिटी, अबुधाबी र दमाम विमानस्थलमा हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज दिउँसो र रातिका सबै उडान रद्द गरिएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महाप्रबन्धक टेकनाथ सिटौलाले बताए।

‘मध्यपूर्व क्षेत्रका विमानस्थलमा हवाई उडानमा प्रतिबन्ध लगाइएकाले नेपालबाट दिउँसो र राति हुने सबै उडान रद्द गरिएका छन्,’ सिटौलाले भने, ‘उडानहरू कहिले खुल्छन् भन्ने एकीन छैन, अर्को निर्णय भएपछि जानकारी गराइनेछ।’

यात्रुलाई आफ्नो उडानका लागि विमानस्थल जानुभन्दा अगाडि सम्बन्धित वायुसेवा कम्पनीमा सम्पर्क गरेर मात्र जान विमानस्थल कार्यालयले आग्रह पनि गरेको छ ।


प्रतिकृया दिनुहोस्