
गोरखा । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले गोरखाका दुवै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका उमेदवारलाई सघाउने भएको छ ।
पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई आबद्ध प्रलोपाले गोरखामा प्रत्यक्षतर्फ नेपाली कांग्रेसलाई सघाउने निर्णय गरेको हो । समानुपातिकतर्फ भने आफ्नै चुनाव चिह्न ‘आँखा’मा मतदान गर्ने निर्णय गरेको प्रलोपाका जिल्ला अध्यक्ष नारायण खत्रीले जानकारी दिए ।
प्रलोपाको यो निर्णयप्रति कांग्रेस गोरखाले आभार व्यक्त गरेको छ । यसअघि ०७४ को चुनावमा कांग्रेससँग तालमेल गरी भट्टराई गोरखा-२ बाट निर्वाचित भएका थिए ।













