Skip

Hamro Sanchar

प्रचण्डले फेरि भने : यो सामान्य निर्वाचन होइन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, १६ गते


काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले यो निर्वाचन राष्ट्रको स्वाधिनता रक्षाका लागि हुन लागेको बताएका छन् ।

कपिलवस्तुको कृष्णनगरमा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले भदौ २६ गते राति राष्ट्रपति निवासमा रातभरि बसेर अन्तरिम सरकार बनाउन र ६ महिनाभित्र निर्वाचन गर्ने समझदारी बनाउन सहयोग गरेको बताए ।

बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ । यो हाम्रो लागि विशेष खुसी र गर्वको कुरा हो । सुरुमा त हामी निर्वाचनबाहेक अरू कुनै विकल्प छैन, जनताको अभिमत लिने कुराबाहेक अर्को कुनै लोकतान्त्रिक विधि छैन भनेर हामीले भनिरहेका थियौँ, प्रचण्डले भने, तर, अहिले सबै राजनीतिक दल, नागरिक समाज र सिंगै जनसमुदाय पनि अब निर्वाचनको निम्ति तम्तयार भएको छ ।

कपिलवस्तुले कृषि, उद्योग, व्यवसाय वा विभिन्न क्षेत्रमा आफ्नो पहिचान बनाउँदै आएको उनको भनाइ छ । यो निर्वाचन सामान्य कुनै एउटालाई विजयी गराउने र अर्कोलाई पराजय गराउने खालको नरहेको उनले बताए । राष्ट्रिय स्वाधिनताको रक्षा गर्ने, राष्ट्रिय एकताको र नेपाली जनताको आत्मनिर्णय अधिकारको रक्षा गर्ने एउटा ठूलो जनमत संग्रह जस्तो गरेर तपाईं हाम्रो सामु आएको छ,” प्रचण्डले भने ।

 

 


प्रतिकृया दिनुहोस्