Skip

Hamro Sanchar

अमेरिकाले ‘डिपोर्ट’ गरेका ९५ नेपाली काठमाडौं आइपुगे

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, १६ गते


काठमाडौं । अमेरिकाले ‘डिपोर्ट’ गरेका ९५ नेपाली काठमाडौं आइपुगेका छन् ।

चार्टर विमानमा राखी पठाइएका उनीहरू आज बिहान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थल आइपुगेका हुन् ।

एकैदिन यति ठूलो संख्यामा अमेरिकाले डिपोर्ट गरी नेपाल पठाएको यो पहिलोपटक हो । गएको माघ ५ गते अमेरिकाले ९१ नेपालीलाई एकैदिन डिपोर्ट गरी पठाएको थियो ।

अमेरिकाले यसअघि पुस ३ गते पनि ७५ नेपालीलाई एकैपटक डिपोर्ट गरी नेपाल पठाएको थियो । त्यसअघि, भदौ १९ गते अमेरिकाले एकैदिन ३७ नेपालीलाई डिपोर्ट गरेको थियो ।

अमेरिकामा बस्न कानुनी आधार स्थापित नगर्ने नेपाली नागरिक डिपोर्ट गरिएको उक्त देशले जनाउँदै आएको छ ।

डिपोर्ट गरिएकाहरू काठमाडौं आउनु केही दिनअघि त्यसबारे यहाँस्थित अमेरिकी दूतावासले अध्यागमन विभागलाई जानकारी गराउने गरेको छ । विमानस्थलमा आइपुगेपछि उनीहरूलाई नेपाल प्रहरीलाई बुझाउने गरिएको छ ।


प्रतिकृया दिनुहोस्