
काठमाडौं । प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा नेकपा (एमाले)की नेतृ रामकुमारी झाँक्रीले मतदातालाई जेन–जी विद्रोहको समयमा भएको विध्वंसको स्मरण गराएकी छन् ।
झाँक्रीले आज सामाजिक सञ्जालमा सो घटनाको स्मरण गराउँदै चुनावमा मतदान गर्दा सचेत हुने मतदातालाई आग्रह गरेकी छन् ।
‘आदारणीय बुबाआमा, दाजुभाइ तथा दिदी बहिनीहरू । एकपटक सोचौँ त ? यी विध्वंस गर्नेहरू को थिए ? आज कहाँ छन् ? के यो आन्दोलनको स्टेकहोल्टर दाबी गर्दै भोट माग्न त आएका छैनन् ?’, झाँक्रीले लेखेकी छन्, ‘विचार गरौँ– यिनीहरूले आज राष्ट्रका धरोहर जलाए, अब हामीलाई दुईवाटा बारुदको चेपुवामा पार्ने छन् ।’
यस्तो छ उनको भनाइ
हाम्रा नवयुवालाई मानव ढालको रूपमा प्रयोग गरेर हत्या गर्न उक्साएको हामीले नविर्सेका छौं, न बिर्सने छौं, न माफ गर्नेछौं।
र,
जलाएको सिंहदरवार, जलाएको सर्वोच्च अदालत,
खरानी बनाएको संसद भवन,
जलाएको राष्ट्रपति भवनः हामी विर्सेका छैनौ ।
बिर्सने छैनौ।
सयौ युवाका उजाडिएका सपनाहरूको पनि हिसाब खोज्ने छौं ।
आदारणीय बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरू १
एक पटक सोचौं त ?
यि बिध्वंस गर्नेहरू को थिएरु आज कहाँ छन ? के यो आन्दोलनको स्टेकहोल्टर दाबी गर्दै भोट माग्न त आएका छैनन् ?
विचार गरौंँ :
यिनीहरूले आज राष्ट्रका धरोहर जलाए, अब हामीलाई दुईबटा बारूदको चेपुवामा पार्ने छन ।














