Skip

Hamro Sanchar

विशेष अदालतले झिकायो सुनिल पौडेलको सिंगापुरस्थित बैंक खाता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, १२ गते


काठमाडौं । विशेष अदालतले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलको सिंगापुरको बैंक खाता झिकाएको छ ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, सदस्यहरू हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले सिंगापुरको बैंक खातामा भएको रकमको विवरण झिकाउन नेपाल राष्ट्र बैंकका नाममा आदेश जारी गरेको हो ।

अदालतले सिंगापुरको केन्द्रीय बैंकको सहयोग र समन्वयमा युनाइटेड ओभरसिज बैंक लिमिटेडबाट विवरण झिकाएको हो ।

पौडेलले सफ्टवेयर खरिदमा लिएको घुस रकम सिंगापुरको बैंकमा राखेको दाबीसहित अख्तियारले पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको थियो ।

अदालतले सिंगापुरसँग पारस्परिक कानुनी सहायताको सम्झौता नभएको अवस्थामा बैंक विवरण झिकाउन मिल्ने वा नमिल्ने विषयमा कानुन मन्त्रालयको राय समेत मागेको छ ।

अख्तियारले २३ करोड ७५ लाख रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको दाबी अदालतसमक्ष गरेको छ ।

अदालतले राष्ट्रिय सूचना प्रविधि केन्द्रबाट सात वर्षअघि खरिद भएका उपकरणहरू जडान भए नभएको अवस्था पेस गर्नसमेत सरकारलाई आदेश दिएको छ ।


प्रतिकृया दिनुहोस्