Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

चुनाव सार्नुपर्छ भन्ने पूर्वराजालाई रविको जवाफ : चार दिन वर सारौँ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, १२ गते


Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पूर्वराजा ज्ञानेन्द्र शाहको चुनाव सार्नुपर्ने अभिव्यक्तिमा टिप्पणी गर्दै चुनाव सार्ने भए चार दिन वर सार्नुपर्ने बताएका छन्।

मंगलबार इटहरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले चुनाव सार्ने कुरा नगर्न सबैलाई आग्रह गरे। तोकिएको समयमै चुनाव हुनुपर्ने उनको भनाइ थियो।

‘यो चुनाव सारौँ-सारौँ भन्नेहरूलाई यति भन्न चाहन्छु, सार्ने भए चार दिन वर सारौँ, हामीलाई ठीक छ। चार दिन पनि पनि अलि लामो भो।’

प्रजातन्त्र दिवसको अवसरमा भिडिओ सन्देश जारी गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहले चुनाव सार्नुपर्ने तर्क गरेका थिए। सबै शक्तिलाई समेटेर मात्रै चुनाव गर्दा देशले निकास पाउने उनको भनाइ थियो। त्यसमा रास्वपा सभापति लामिछानेले जवाफ दिएका हुन्।

अब चुनावको परिणाम स्वीकार्न तयार हुनुपर्ने बताए। ‘यो सारौँ भन्ने कुरा नगरौँ, चुनाव गरौँ। चुनावले दिएको परिणाम स्वीकार गरौँ,’ लामिछानेले भने।

अब देश अघि बढिसकेको लामिछानेको भनाइ थियो। ‘देश अगाडि बढ्छ, लोकतन्त्रको ठेक्का कसैले नलिऔँ। लोकतन्त्र जोगाउने यतिका जनता छन्,’ उनले थपे, ‘यतिका सचेत जनताले लोकतन्त्र पनि जोगाउँछन्, देश बनाउँछन् पनि र बचाउँछन् पनि ।


प्रतिकृया दिनुहोस्