
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन २१ को निर्वाचनपछि बन्ने सरकारमा पार्टीको भूमिका पहिलेभन्दा झनै फरक हुने बताएका छन् ।
आज मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा एमालेनिकट मुक्ति समाज दोलाका नेता कार्यकर्तालाई प्रवेश गराउँदै उनले निर्वाचनपछि बन्ने सरकारमा नेकपाको भूमिका निकै महत्त्वपूर्ण हुने बताएका हुन् ।
निर्वाचन आउन केही दिनमात्रै बाँकी रहेको अवस्थाका सबै नेता तथा कार्यकर्ताले अझ धेरै मेहनत गरे नेकपा एक नम्बरको पार्टी हुने उनको भनाइ छ ।
प्रचण्डले नेकपा गठन भएपछि धुव्रीकरणको नयाँ माहोल बनेको भन्दै फेरि सबै वामपन्थी कम्युनिस्ट एकै ठाउँमा हुने बताए ।
प्रचण्डले मतदाताले नेकपालाई वामपन्थी शक्तिको रुपमा हेरिरहेको पनि सुनाए ।













