Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

रौतहटमा कर्फ्यु आदेश जारी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, ९ गते


Advertisement

रौतहट । रौतहटमा आज कर्फ्यु लगाइएको छ।

गौर नगरपालिका-६, सनगढा गाउँमा दुई समुदायबिचको विवादले उग्र रूप लिएपछि जिल्ला प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो।

रौतहट जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेशअनुसार आज दिउँसो १ बजेदेखि लागु कर्फ्यु अर्को आदेश नआउँदासम्म जारी रहनेछ।

प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालका अनुसार यस अवधिमा पूर्वतर्फ मुडबलवा गेट, पश्चिमतर्फ लालबकैया बाँध, उत्तरतर्फ बम नहर, दक्षिणतर्फ गौर भन्सार कार्यालयमा आवतजावतसमेत गर्न पाइने छैन।

 

 


प्रतिकृया दिनुहोस्