Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

बालेन अस्वस्थ, दाङ नगई काठमाडौं फर्किए

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, ८ गते


Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह अस्वस्थ भएका छन्।

स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार बेलुकी उनी सुर्खेतबाट जहाजमा काठमाडौं फर्किएका रास्वपाका एक नेताले बताए।

ती नेताले बालेन अस्वस्थ भएर काठमाडौं फर्किएको बताए पनि उनलाई के भएको हो भन्ने खुलाएनन्।

उहाँ अस्वस्थ भएर फर्किनुभएको हो,उनले भने, भोलि (शुक्रबार) दाङको कार्यक्रममा आउने-नआउने निश्चित छैन। आउन सक्नुभएन भने भैरहवाको कार्यक्रममा अवश्य आउने भन्ने छ।

रास्वपाकै अर्का एक नेताले पनि बालेन अस्वस्थ भएकाले दाङ नआई काठमाडौं फर्किएको बताए।

दाङको घोराहीमा रास्वपाले शुक्रबार लुम्बिनी प्रदेशस्तरीय निर्वाचन लक्षित कार्यक्रम राखेको छ। उक्त कार्यक्रमलाई सम्बोधन गर्न पार्टी सभापति रवि लामिछानेसँगै बालेन पनि दाङ आउने भनिएको थियो।

बालेन पहिलो पटक दाङ आउने कुरा थाहा पाएपछि उनको स्वागतका लागि मानिसहरू ठाउँ ठाउँमा जम्मा भएका थिए। तर बालेन काठमाडौं पुगेको खबर पाएपछि निराश हुँदै फर्किएका थिए।

रविका लागि होइन, म बालेनको स्वागतका लागि यतिखेरसम्म तुलसीपुरको यो वीरेन्द्र चोकमा बसेको थिएँ, एक युवाले भने, अहिले आएर बालेन सुर्खेतबाट काठमाडौं पुगेको भनियो। झुक्क्याइयो।

रास्वपाले बिहीबार कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट १०० बुँदे वाचापत्र सार्वजनिक गरेको थियो, जहाँ वरिष्ठ नेता बालेन पनि सहभागी थिए।

यसैबीच, तुलसीपुरको वीरेन्द्र चोकमा भेला भएका रास्वपाका कार्यकर्ताले केपी शर्मा ओलीविरूद्ध चर्का नाराबाजी गरेका थिए ।


प्रतिकृया दिनुहोस्