Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

अब गरिबको बस्तीमा होइन, भ्रष्टाचारीको महलमा डोजर चलाउँछौं : रवि लामिछाने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, ७ गते


Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गरिबको बस्तीमा डोजर चलाउँछन् भनेर भ्रम फैलाइएको भन्दै आपत्ति जनाएका छन्

चुनावी बाचापत्र सार्वजनिक सभालाई सम्बोधन गर्दै गरिबको बस्तीमा नभई भ्रष्टाचारीको महलमा डोजर चलाइने बताएका हुन् ।

‘कतिपय मान्छेलाई तर्साउने काम भइरहेको छ । बस्तीमा डोजर चल्छ भनिएको छ,’ उनले भने, ‘गरिबको बस्तीले चिन्ता गर्नुपर्दैन डोजर चल्यो भने भ्रष्टाचारीको महलमा चलाउँछौँ । हामी गरिबको व्यवस्थापन गर्छौँ ।’

उनले रास्वपाका सबै उम्मेदवारलाई जिताउन आग्रह गर्दै थपे, ‘अहिले तपाईंले घण्टी बजाउनुहोस् ५ वर्षपछि केही गर्न सकेनौँ भने राजनीतिक रुपमा त्यही घण्टीले हामीलाई बजाइदिनुस् ।’


प्रतिकृया दिनुहोस्