Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

बालेन लक्षित ओलीको कटाक्ष : प्रश्न छलेर आफूलाई राम्रो देखाउने राजनीति गरेनौँ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, ६ गते


Advertisement

काठमाडौं । नेकपा एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह ९बालेन०लाई कटाक्ष गर्दै प्रश्न छलेर आफूलाई राम्रो देखाउन राजनीति नगरेको बताएका छन्।

मंगलबार झापा-५ का उम्मेदवारसँग सार्वजनिक छलफल कार्यक्रम रहेको थियो। त्यसमा झापा–५ का सबै उम्मेदवार सहभागी भए पनि रास्वपा उम्मेदवार शाह सहभागी भएका थिएनन्।

त्यसलाई लिएर बुधबार ओलीले सामाजिक सञ्जालमार्फत कटाक्ष गरेका हुन्। उनले अहिलेसम्म आफूमाथि उठेका प्रश्नको जवाफ दिएको बताएका छन्।

‘हामीले आफूमाथि उठेका प्रश्नको उत्तर दिँदै आएका छौँ। त्यसैले हामीमाथि आलोचना र विरोधहरू पनि सुनिन्छन्,’ ओलीले भनेका छन्, ‘कतिपय प्रश्नमा आत्मालोचना गर्ने र सुधार्ने पनि गरेका छौँ। प्रश्न छलेर आफूलाई राम्रो देखाउने राजनीति हामीले गरेनौँ।’

चुनावी प्रतिस्पर्धामा उभिएका उम्मेदवारले एकै ठाउँमा बसेर जनताको प्रश्नको जवाफ दिनु राम्रो भएको उनको भनाइ छ। नागरिकभन्दा टाढा बसेर अनुहार छुपाउने काम नगरेको उनको जिकिर छ।

‘उम्मेदवारहरूले एकै ठाउँमा बसेर सार्वजनिक प्रश्नहरूको आमनेसामने जवाफ दिनु लोकतन्त्रको पारदर्शिता हो। चुनाव नागरिकले प्रतिनिधिलाई विश्वास सुम्पिने पर्व हो,’ ओलीले भनेका छन्, ‘उम्मेदवारहरू नागरिकभन्दा टाढा रहने, वास्तविक अनुहार छुपाउने र सुटिङ गरेर तयार गरिएका सामग्री मतदातासम्म पुर्‍याएर चुनाव अवधिभर झुक्याउने परिपाटीबाट नागरिक ठगिनु हुँदैन।’

उनले सार्वजनिक बहस आयोजना गर्नेलाई पनि धन्यवाद दिएका छन्। यस्ता बहसमा सहभागी हुने पनि जनाएका छन्। ओलीले भनेका छन्, ‘म नागरिकको साथमा रहनेछु।


प्रतिकृया दिनुहोस्