Skip

Hamro Sanchar

यो चुनाव ‘देश बनाउने र जलाउने’ शक्तिहरूबीचको महासंग्राम : केपी ओलि

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, ३ गते


काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन ‘देश बनाउने र देश जलाउने’ शक्तिहरूबीचको महासंग्राम भएको बताएका छन् ।

झापाको दमकमा धिमाल समुदायका अगुवाहरूसँगको भेटघाटमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उनले यो निर्वाचन केवल प्रतिनिधि छान्ने कुरा मात्र नभइ धिमाल जातिको विकासका लागि बजेट राख्ने र भएका बजेट काट्नेहरूबीचको निर्वाचन भएको उल्लेख गरे ।

आफू नेतृत्वको सरकारले धिमाल जातिको संग्रहालय, होमस्टे र सडकका लागि छुट्याएको करोडौँको बजेट वर्तमान सरकारले अनधिकृत रूपमा काटेको भन्दै उनले आक्रोश व्यक्त गरे । वर्तमान सत्ता गठबन्धनले विकासविरोधी काम गरेको आरोप लगाए ।

यसपटक जलाउने र बनाउनेहरूबीचको चुनाव हो । देश बनाउने, बचाउने कि देश जलाउनेका बीचको चुनाव हो । हामीले जलाउने खालकालाई, बिगार्ने खालकालाई भोट दिनुहुन्न,ओलीले भने ।


प्रतिकृया दिनुहोस्