Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कांग्रेसलाई वामपन्थी विचार र शक्तिको संवाहकका रूपमा लिएको छु : कमल थापा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, २ गते


Advertisement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता एवं पूर्वउपप्रधानमन्त्री कमल थापाले आफूले नेपाली कांग्रेसलाई पनि वामपन्थी विचार र संवाहक शक्तिका रूपमा लिएको बताएका छन् ।

शनिबार (फागुन २) काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो टिप्पणी गरेका हुन् ।

विगत लामो समयदेखि नेपालको राष्ट्रिय राजनीतिमा वामपन्थी विचार र शक्तिहरूको वर्चस्व रहेको उनले उल्लेख गरे । कांग्रेसले पनि सोही विचारधाराअनुसार आफूलाई अघि बढाएको उनले जिकिर गरे ।

“मैले नेपाली कांग्रेसलाई पनि वामपन्थी विचार र शक्तिको संवाहकको रूपमा लिएको छु । किनभने, राजनीतिशास्त्रमा समाजलाई पनि लेफ्ट आरेन्टेड पोलिटिकल आइडियोलोजीको रूपमा लिने गरिन्छ,” उनले भने, “यो ७० वर्ष लामो वैचारिक यात्रामा उग्रसाम्यवाददेखि प्रजातान्त्रिक समाजवाद नै हाबी रह्यो ।”

उनले नेपाली समाजमा वैदिक मूल्य, मान्यता र परम्पराले जरो गाडेर बसेको भए पनि त्यसको विपरीत साम्यवाद, मार्क्सवाद र समाजवादले डोर्‍याउने काम भएकाले मुलुकमा विडम्बनापूर्ण अवस्था आएको टिप्पणी गरे ।

“…त्यो विरोधाभाषले मलाई घचघच्याइराखेको थियो । त्यो विडम्बनाको अन्त्य हुनुपर्छ भन्ने मेरो मान्यता हो,” उनले भने।

नेता थापाले मुलुकलाई सही बाटोमा अघि बढाउन हिन्दुराष्ट्रसहितको राजसंस्थाको आवश्यकता रहेको समेत दोहोर्‍याए ।


प्रतिकृया दिनुहोस्