
काठमाडौं । ललितपुरमा ट्रक दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । दुईजनाको घटनास्थलमै र दुईजनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।
कोञ्जोसोम गाउँपालिका–१ बाउनडाँडामा शुक्रबार राति प्रदेश–०१–००४ क६२२८ नम्बरको ट्रक दुर्घटना हुँदा चालक, सहचालकसहित चारजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार मृत्यु हुनेमा गोदावरी नगरपालिकाका गणेश खड्का, सोही ठाउँका गणेश थापा र बूढानीलकण्ठ नगरपालिकाका ज्योती कार्की छन् । अर्का एकजनाको पहिचान हुन बाँकी छ ।
“ट्रकमा चारजना रहेकोमा सबैको मृत्यु भएको हो,” जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले भने, “दुईजनाको घटनास्थलमै र दुईजनाको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो ।

















