Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कांग्रेसको चुनावी प्रतिज्ञापत्र ३ फागुन मा आउने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, १ गते


Advertisement

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनका लागि फागुन ३ गते ‘प्रतिज्ञापत्र’ ल्याउने भएको छ।

प्रतिनिधि सभाको निर्वाचनका लागि फागुन ३ मा प्रतिज्ञापत्र सार्वजनिक गर्न लागिएको कांग्रेस प्रवक्ता देवराज चालिसले जानकारी दिए। कांग्रेसले निर्वाचन घोषणापत्रलाई प्रतिज्ञापत्र भनेको छ।

कांग्रेस सभापति गगन थापाले केन्द्रीय कार्यालय, सानेपामा प्रतिज्ञापत्र सार्वजनिक गर्ने भएका छन्। आगामी चुनावका लागि प्रतिज्ञापत्र तयार भइसकेको चालिसेले जानकारी दिए ।


प्रतिकृया दिनुहोस्